बर्माः सेनाद्वारा एकवर्षे आपतकालको घोषणा, आङ सान सुकी हिरासतमा

0
1204

याङ्गुन, 1 फरवरीः सेनाले देशलाई आफ्नो अधीनमा लिएर एक वर्षे आपतकालको घोषणा गरेको छ।

यसका साथै सेनाले देशकी नेता आङ सान सुकी र राष्ट्रपतिलाई यू विन म्यिन्टलाई आफ्नो हिरासतमा लिएको छ।

अर्कोतिर सेनाले पूर्व जनरल तथा उपराष्ट्रपति मिन्ट स्वेलाई कार्यकारी राष्ट्रपति बनाएको छ।  मिन्टलाई सेना प्रमुखको दर्जा पनि दिइएको छ।

उल्लेखनीय छ, पछिल्लो नोभेम्बर महिनामा सम्पन्न चुनाउमा आङ सान सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले फराकिलो जीत दर्ता गरेको थियो।

स्मरणरहोस्, बर्मा 1962 मा पनि सेनाले ‘कू’ गरेको थियो। त्यसपछि करिब 49 वर्षसम्म यो देशमा सेनाले शासन गरेको थियो।

जानकारीका अनुसार विरोधलाई दबाउनका लागि सड़कमा सेना उतारिएको छ। साथै फोनसेवा बन्द गरिएको छ।

केही दिन अघिदेखि नै सेनाले ‘कू’ गर्नसक्ने खबर बाहिरिएको थियो। यद्यपि हिजो सेनाले यस्तो खबरको खण्डन गर्दै आफू संविधानको पालन गरी कानूनअनुसार कार्य गर्ने स्पष्टीकरण दिएको थियो।

यद्यपि आज बिहानै सेनाले प्रमुख नेता सुकीसमेत अन्यलाई हिरासतमा लिएर देशमा एकवर्षे आपतकालको घोषणा गरेको छ।

-टाइम्स अव् इन्डिया

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here