सिलगढ़ी, 1 फरवरीः साहित्यकार, चिन्तक नाट्यभूषण सीके श्रेष्ठ र सामाजिक कार्यकर्ता एवं कञ्चनजङ्घा उद्धार केन्द्रकी प्रमुख रङ्गु सौरियालगायत 9 जनालाई आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गरत्न सम्मानले सम्मानित गरिन्।
बङ्गरत्न पाउने अन्यहरूमा डा. शेखर चक्रवर्ती (सिलगढ़ी), डा. राजा रावत (जलपाइगढ़ी), प्रमोद नाथ (अलिपुरद्वार), मैनउद्दीन चिस्ती (कोचबिहार), पार्थ कुमार सेन (उत्तर दिनाजपुर), तापस कुमार चक्रवर्ती (दक्षिण दिनाजपुर) र परिमल त्रिवेदी (मालदा) रहेका छन्।
स्थानीय बाघजतीन पार्कमा आयोजित उत्तरबङ्ग उत्सवको मञ्चबाट यी विशिष्ट व्यक्तिहरूलाई मुख्यमन्त्रीले आज बङ्गरत्नले सम्मामित गरेकी हुन्।
यसैअवसरमा उनले उत्तरबङ्ग उत्सवको उद्घाटन गरिन्। साथै टिस्टा नदीमा जयी सेतु, कोचबिहारको निशिगञ्जमा दमकल केन्द्रसहित धेरैवटा परियोजनाको उद्घाटनसमेत गरिन्।