दार्जीलिङ, 1 मार्चः पहाड़का तीनवटै विधानसभा आसनबाट आफ्नो प्रार्थी हुनुपर्ने माग गोरामुमोले भाजपासँग गरेको छ।
गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले यसबारे जानकारी गराएका छन्।
आज जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि उनले भने, “पहाड़का तीनवटै विधानसभा आसनमा गोरामुमोको प्रार्थी हुनुपर्छ भन्ने हाम्रो माग छ। हामीले यसबारे भाजपालाई पनि जनाइसकेका छौँ।”
यद्यपि यसबारे अहिले नै ठोस निर्णय नभइहालेको छेत्रीले स्पष्ट पारे। गोरामुमो प्रवक्ताका अनुसार यसबारे भाजपासँग कुराकानी त भइरहेको छ तर फाइनल मिटिङ भने भएको छैन।
फाइनल मिटिङपछि नै यसबारे अन्तिम फैसला हुने पनि छेत्रीले बताएका छन्।
“हामीले हाम्रो कुरा भाजपासँग राखेका हौँ”, उनले थपे, “फाइनल मिटिङपछि यसबारे फैसला हुनेछ।”
उनका अनुसार यसबारे भाजपा र गोरामुमो चाँड़ै बैठक बस्नेछन्।