बङ्गालमा थप अर्को मृत्यु, मर्नेहरूको सङ्ख्या पुग्यो ४

0
1783
फाइल फोटो (स्रोत-पीटीआई ट्विटर)

कोलकाता, १ अप्रेलः कोरोना भाइरसको कारण बङ्गालमा थप एकजनाको मृत्यु भएको छ। समाचार एजेन्सीहरूका अनुसार मङ्गलवार अपराह्न नील रतन सिरकार मेडिकल कलेज एवं अस्पतालमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ।

५७ वर्षीय ती व्यक्ति व्यवसायी थिए। उनको रिपोर्ट पोजिटिभ आएको थियो।

यद्यपि मृतकको ट्राभल हिस्ट्रीबारे भने कुनै जानकारी पाइएको छैन।

अर्कोतिर सोमवार राति नै हावड़ाको एक सरकारी अस्पतालमा कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको थियो। ती महिला उत्तर बङ्गालको डुवर्स क्षेत्र भ्रमण गरेको अस्पताल सूत्रको भनाइ छ।

यसैगरी सोमवार बिहानीपख कालेबुङनिवासी ४५ वर्षीय महिलाको उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा मृत्यु भएको थियो।

पछिल्लो २४ भन्दा केही अधिक समयभित्र राज्यमा कोरोना भाइरसको कारण तीनजनाले ज्यान गुमाइसकेको छ।

यसभन्दा अघि २३ मार्चका दिन दमदमनिवासी एक ५७ वर्षीय व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको थियो। यो राज्यमा पहिलो मृत्यु थियो।

अर्कोतिर राज्यमा कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या बढ़ेर २८ पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here