गान्तोक, १ अप्रेलः कोरोना भाइरसको आतङ्कबीच राजधानी गान्तोकमा भालुको आतङ्क देखिएको छ। बुधवार बिहानै गान्तोकस्थित रुचि क्लिनिकनजिक भालुको आक्रमणमा एक व्यक्ति घाइते भएका छन्।
घाइते व्यक्तिको नाम अरविन्द यादव हो। उनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल)-को मोबाइल सेक्शनका डिभिजन इन्जिनियर हुन्।
भालुको आक्रमणमा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि एसटीएनएम अस्पतालमा भर्ना गरिएको बताइएको छ।
जानकारीका अनुसार भालुलाई पक्रनका लागि विभागीयकर्मीहरू जुटेका छन्।