कोलकाता, १ अप्रेलः कोरोना भाइरसको कारण मङ्गलवार राति र बुधवार बिहान गरी दुईजनाको मृत्यु भएको छ।
राज्यका स्वास्थ्य विभागका एक अधिकारीका अनुसार एकजनाको मृत्यु हावड़ा र अर्काको मृत्यु उत्तर २४ परगनामा भएको हो।
हावड़ा जिल्लाको गोलाबारीस्थित एक नर्सिङ होममा कोरोना सङ्क्रमित ५७ वर्षीय व्यक्तिको मङ्गलवार राति मृत्यु भएको छ।
ती अधिकारीका अनुसार मृतकको ट्राभल हिस्ट्री र को कोसँग सम्पर्कमा आएका थिए, त्यसबारे जानकारी बटुल्ने कोशिश गरिँदैछ।
अर्कोतिर आज बिहान उत्तर २४ परगनाको बेलघारियानिवासी व्यक्तिको पनि कोरोना भाइरसको कारण मृत्यु भएको छ।
जानकारीका अनुसार यी व्यक्ति पछिल्ला २० देखि मधुमेह थियो। साथै किडनीसम्बन्धित रोगले पनि ग्रसित थिए भने पछिल्लो २३ मार्चका दिन अस्पतालमा भर्ना गरिएको थियो।
यसैबीच हुगली र पूर्व मेदिनीपुर जिल्लामा एक-एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको पन ती व्यक्तिले बताएका छन्।
उल्लेखनीय छ, पछिल्लो २४ घण्टाभन्दा केही अधिक समयभित्र राज्यमा ५ जनाको मृत्यु भइसकेको छ।
हिजै मात्र कोलकाताको नील रतन सिरकार अस्पतालमा एक व्यक्तिको मृत्यु भएको थियो। यसभन्दा अघि सोमवार राति हावड़ानिवासी एक महिलाको पनि कोरोना भाइरसको कारण मृत्यु भएको थियो।