अरुण घिसिङ निष्कासित

0
1035

मिरिक, १ अप्रेलः विमलपन्थी मोर्चा मिरिक महकुमा समितिले पूर्व सभासद् अरुण घिसिङलगायत उनका समर्थकहरूलाई पार्टीबाट निष्कासित गरेको छ।

मिरिक महकुमा समितिका अध्यक्ष सुमन राई बताएअनुसार पार्टीको अनुशासन तोड़ेर अभद्र व्यवहार गरेकै कारण अरुण घिसिङलाई पार्टीबाट निष्कासित गरिएको हो।

अरुण घिसिङले केही दिनअघि विमलपन्थी मोर्चाबाट राजीनामा दिएका थिए। तर हिजो पुनः उनी विमलपन्थी मोर्चामै फर्केका थिए। पार्टीमा पुनः फर्केका घिसिङलाई विमल गुरुङले मिरिक महकुमा समितिका कार्यकारी अध्यक्षको पद दिएका थिए।

राईले थप बताएअनुसार आज पार्टी कार्यालय आएर पार्टीको अनुशासनलाई तोड़ेर अभद्र व्यवहार देखाए। त्यसपछि महकुमा समितिको जरूरी सभा बसी अरुण घिसिङलाई निष्कासित गर्ने निर्णय गरियो।

सभामा महकुमा समिति अध्यक्ष सुमन राईलगयात मूल सचिव सुजीत तामाङ ,सहसचिव क्रमैले छेवाङ तामाङ, लारेञ्जन तामाङ, कोषाध्यक्ष सुप्चन गुरुङ, युवा नेता मुकुल घिमिरे, सुजन प्रधान, नारी मोर्चानेतृ माला सुब्बा, नारी मोर्चा केन्द्रिय सहसचिव ललिता छेत्री, बबिता  प्रधान, युवा मोर्चा महकुमा अध्यक्ष  विक्रान्त राई, केन्द्रिय  सदस्य अर्जुन राई आदि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here