नक्सली हमलामा १६ जवान शहीद

0
1466
नक्सलीहरूले गरेको आईईडी विस्फोट (फोटो साभार -नवभारत टाइम्स)

गढ़चिरौली, १ मई : महाराष्ट्रको गढ़चिरौलीमा नक्सलीहरूले गरेको हमलामा १६ जवान शहीद भएका छन्। सुरक्षाकर्मीहरूलाई लक्षित गरी नक्सलीहरूले गरेको आईईडी विस्फोटमा परी यति ठूलो सङ्ख्यामा जवान शहीद भएको बताइएको छ।

महाराष्ट्रका आईजीले यो हमलाको पुष्टि गरेका छन्। नक्सलीहरूले तारो बनाएको वाहनमा १६ जवान सवार रहेको बताइएको छ। आईइईडी विस्फोटपछि सुरक्षाकर्मी र नक्सलीहरूबीच दोहोरो फाइरिङ भइरहेको खबर छ। शहीद हुनेहरूमा १५ जवान र एकजना वाहन चालक रहेको बताइएको छ।

आज बिहानै नक्सलीहरूले गढ़चिरौलीमा नै ठूलो हमला गरेको छ। नक्सलीहरूले कुरखेड़ामा सड़क निर्माणकार्यमा खटाइएका २७ वटा मशिनमा आगो झोसेका थिए।

अर्कोतिर यो हमलाको प्रधानमन्त्री नरेन्द्र मोदीले तीखो शब्दमा निन्दा गरेका छन्। प्रम मोदीले ट्वीट गर्दै भनेका छन्, ‘सबै बहादुर जवानहरूलाई सलाम। उनीहरूको बलिदान कहिले कहिले बिर्सिने छैन। मेरो समवेदना शोक सन्तप्त परिवारमा छ। यस्ता हिंसाका अपराधीहरूलाई कदापि छोड़िने छैन।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here