दार्जीलिङ, 1 मईः गोर्खा जनुमक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको उन्नतिमा चियाकमान, सिन्कोना बगान र अन्य श्रमिकहरूको ठूलो योगदान रहेको बताएका छन्।
आज अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा दार्जीलिङ पहाड़, तराई डुवर्सका श्रमिकहरूलाई शुभकामना दिँदै गुरुङले यस्तो बताएका हुन्।
‘म आफू पनि एक श्रमिक आमाका सन्तान भएका कारण मलाई श्रमिकहरू प्रत्येकका दुःख-पीड़ा थाह छ। यसैले म जहिल्यै श्रमिकवर्गको जीवनस्तरमा सुधार आएको हेर्न चाहन्छु। यसका लागि मेरो प्रयास सधैं जारी रहेको छ’, विमलले थप भनेका छन्, ‘आजका दिन सबै आम नागरिक मिलेर श्रमिकहरूको योगदानलाई कदर गरौं भन्ने आह्वान गर्न चाहन्छु। उनीहरू छन्। र नै हाम्रो माटो उर्वर भएको छ भन्ने बुझौं।’
यसका साथै उनले सबैलाई मई दिवसको शुभकामना दिएका छन्।