नयाँ दिल्ली, 1 मईः देशमा लकडाउन थप दुई साता बढ़ेको छ।
गृह मन्त्रालयले आपदा प्रबन्धन अधिनियम 2005 अन्तर्गत आदेश जारी गरी लकडाउनलाई 4 मईपछि थप दुई साताका लागि बढ़ाएको छ।
गृह मन्त्रालयले आज यसको जानकारी दिएको छ। यद्यपि लकडाउनबाट देशका ग्रीन जोनलाई सबै ठूला आर्थिक गतिविधिका लागि छुट दिइएको छ।
ताजा आदेशका अनुसार ग्रीन जोनमा बस चल्न सक्नेछ, तर बसहरूको क्षमता 50 प्रतिशतभन्दा बढ़ी हुनेछैन।
अर्थात् 50 सिट भएका बसहरूले 25 यात्री मात्र बोक्न सक्नेछन्। यस्तै डिपोमा पनि 50 प्रतिशतभन्दा बढ़ी कर्मचारीले काम गर्न पाउनेछैनन्।
ग्रीन जोनमा हेयरड्रेसर, सेलुनलगायत अन्य आवश्यक सेवा एवं वस्तु उपलब्ध गराउने संस्थान पनि 4 मईदेखि खुल्ला रहनेछ। तर सिनेमा हल, मल, जिम स्पोर्ट्स कम्प्लेक्स आदि बन्द रहनेछन्।
अर्कोतिर ओरेञ्ज जोनमा बस गुड़्न पाउनेछैन, क्याब चल्ने अनुमति दिइएको छ। क्याबमा चालकले एकजना यात्री मात्र बोक्न पाउनेछन्।
ओरेञ्ज जोनमा औद्योगिक कार्य शुरु हुनेछ। कम्प्लेक्स पनि खुल्ला रहनेछ।
उल्लेखनीय छ, देशलाई 733 जोनमा बाँड़िएको छ। जसमध्ये 130 रेड जोन, 284 ओरेञ्ज जोन र 319 ग्रीन जोन घोषणा गरिएको छ।