नयाँ दिल्ली, 1 मईः बङ्गाल सरकार र केन्द्र सरकारबीच फेरि मुखामुखी भएको छ। यसपल्ट यी दुई सरकारको मुखामुखी हुनुको कारण रेड जोन हो।
स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा बङ्गालका 10 जिल्लालाई रेड जोनमा राखेपछि बङ्गाल सरकारले आपत्ति जताएको छ।
बङ्गाल सरकारका अनुसार राज्य 10 होइन, केवल 4 रेड जोन छ।
राज्यका स्वास्थ्य सचिवको तर्फबाट केन्द्रिय स्वास्थ्य सचिलाई लेखिएको पत्रमा पश्चिम बङ्गालमा केवल 4 रेड जोन रहेको बताइएको छ, जबकि केन्द्रको सूचीमा यो सङ्ख्या 10 रहेको छ।
राज्यका स्वास्थ्य सचिव विवेक कुमारले केन्द्रिय स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर कोलकाता, हावड़ा, उत्तर 24 परगना र पूर्व मेदिनीपुर गरी 4 रेड जोन रहेको बताएका छन्।
यसका साथै नयाँ गरी केन्द्रले सूची जारी गर्नुपर्ने पनि माग गरिएको छ। उल्लेखनीय छ, केन्द्रद्वारा जारी सूचीमा दार्जीलिङ र कालेबुङ जिल्ला पनि रेड जोनमा रहेका छन्।