उत्तर बङ्गाल मेडिकल कलेजका डाक्टर पनि कोरोना सङ्क्रमित

0
1314

सिलगढ़ी, 1 मईः उत्तर बङ्गाल मेडिकल कलेजका एक चिकित्सक पनि कोरोना सङ्क्रमित बनेका छन्।

सूत्रका अनुसार आज बेलुकी ती चिकित्सकको कोरोना टेस्ट पोजिटिभ आएको छ।

जानकारीका अनुसार आँखा विभागका ती चिकित्सक पछिल्लो २८ अप्रेलका दिन कोलकाताबाट एसी बसमा फर्केका थिए।

उनी सवार त्यस बसमा थप 28 जना चिकित्सक थिए। कोलकाताबाट फर्केपछि तीन दिन ड्युटी गरेका थिए।

यसअवधि उनी विभागीय प्रमुख, अस्पताल सुपरको अफिसमा पनि गए। यसका साथै क्यान्टिनमा खाना पनि खाएका थिए।

पोजिटिभ पाइएका यी चिकित्सक यो समाचार लेखुञ्जेल उत्तर बङ्गाल मेडिकल कलेजमै उपचाराधीन छन्। सम्भवतः आजै राति मतिगढ़ाको हिमाचल विहारस्थित डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचारका लागि पठाइनेछ।

स्मरणरहोस्, यी चिकित्सकसँग कोलकाताबाट फर्केका 28 चिकित्सकलाई चिह्नित गरी कोरोना टेस्ट गर्न शुरु गरिएको छ।

यसका साथै उनी ड्युटीअवधि कहाँ कहाँ गएका थिए तथा क-कसका सम्पर्क आएका थिए, यसबारे पनि जानकारी बटुल्ने प्रयास गरिँदैछ।

यस विषयलाई लिएर आज उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका सुपरले बेलुकी एक महत्त्वपूर्ण बैठक गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here