कोलकाता, 1 जून : प्रवर्तन निर्देशालय (ईडी)-ले नारद टेपकाण्ड सम्बन्धमा कोलकाताका पूर्व मेयर शोभन च्याटर्जीकी पत्नी रत्ना च्याटर्जी र राज्यका उपभोक्ता मन्त्री सदन पाण्डेकी छोरी श्रेया पाण्डेसमेत चारजनालाई समन पठाएको छ।
सूत्रका अनुसार ईडीले यी दुईबाहेक अभिजीत गाङ्गुली र मलय भट्टाचार्यलाई पनि समन पठाएको छ। उनीहरू चारैजनालाई बेग्ला बेग्लै दिनमा उपस्थित दिने निर्देश दिइएको छ। सूत्रले थप बताएअनुसार रत्ना च्याटर्जीलाई 6 , श्रेया पाण्डेलाई 13, अभिजीत गाङ्गुलीलाई 10 र मलय भट्टाचार्यलाई 11 जूनको दिन उपस्थित हुने निर्देश दिएको छ।