सङ्गीत निर्देशक एवं गायक वाजिद खानको निधन

0
1861
फोटो साभार ट्विटर।

मुम्बई, १ जूनः चर्चित सङ्गीत निर्देशक एवं गायक वाजिद खानको आइतवार अबेर राति मुम्बईको एक अस्पतालमा निधन भएको छ।

सलमान खान अभिनीत फिल्म ‘दबंग’, टाइगर ‘जिंदा है’ र ‘वान्टेड’ जस्ता हिट फिल्ममा सङ्गीत दिने प्रख्यात सङ्गीतकार जोड़ी ‘साजिद-वाजिद’-का वाजिद खान मात्र ४२ वर्ष पुगेका थिए।

यति कम्ती उमेरमै उनको मृत्युले बलिउड शोकमा डुबेको छ।

किड्नी र मधुमेहजस्ता बिमारले ग्रसित वाजिद खानलाई हृदय र किड्नीसम्बन्धी समस्याका कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।

केही महिना अघि मात्र उनको किड्नीको ट्रान्सप्लान्ट गरिएको थियो, यद्यपि उनको स्वास्थ्य अवस्थामा भनेजस्तो सुधार आएको थिएन।

यसका साथै केही दिनअघि जाँचमा वाजिद खान कोरोना सङ्क्रमित रहेको पनि पाइएको थियो।

रिपोर्टका अनुसार आइतवार राति उनको स्वास्थ्य अवस्था झनै खस्किएको थियो भने अबेर राति निधन भएको हो। किनभने किड्नीसम्बन्धी समस्याका कारण उनको इम्युनिटी लेभल धेरै कम्ती भएको थियो।

उनको निधनको पुष्टि गायक सलीम मर्चेन्टले सोशल मिडियामार्फत् गरेका छन्। उनले लेखेका छन्, ‘साजिद-वाजिद फेम, मेरा भाइ वाजिदको निधनको खबरले मलाई गहिरो आघात पुगेको छ। भाइ, तिमी चाँड़ै गयौ। यो हाम्रो बिरादरीका लागि ठूलो झट्का हो। म टुटेको छु।’

वाजिद खानको निधनमा प्रियङ्का चोपड़ा, सोनु निगमसमेत धेरै बलिउड हस्तीले शोक प्रकट गरेका छन्।

साजिद-वाजिदको जोड़ी बलिउडमा धेरै प्रख्यात छ। वाजिद खानले  ‘हमका पीनी है’ र ‘मेरा ही जलवा’-समेत धेरै हिट गीत खाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here