भोकाहरूलाई भोजनः महत् कार्य

0
1220

दार्जीलिङ, 1 जूनः  कोरोनाको बढ़्दो सङ्क्रमणलाई रोकथाम गर्नका लागि अहिले राज्यका अन्य भागमा जस्तै दार्जीलिङ पहाड़मा पनि लकडाउन चलिरहेको छ।

लकडाउनका कारण होटल र रेन्टुराँहरू बन्द भएकाले बजारमा रहेका असहायहरू र टाढ़ा टाढ़ाबाट कामविशेषले दार्जीलिङ बजार आउने धेरजसो मानिसहरू प्रायः भोकै हुनुपर्ने स्थिति सृजना भएको छ। तर यस्ता मानिसहरू भोकै नहोस् भन्ने महत् सोच राखेर विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को सोशल सेल अघि आएको छ।

पछिल्ला चार दिनदेखि यो सोशल सेलले बजारमा रहेका असहायहरू र टाढ़ा टाढ़ाबाट कामविशेषले दार्जीलिङ बजार आउनेहरूका लागि भोजनको व्यवस्था गर्दै आइरहेको छ।

यो सोशल सेलमा 17 जना छन्। उनीहरूले बजारको गोलघरनजिक यस्ता मानिसहरूका लागि भोजन बाँड़्दै आइरहेका छन्।

“लकडाउनका कारण होटल र रेस्टुराँ बन्द भएकाले बजारमा रहेका असहायहरू र टाढ़ा टाढ़ाबाट दार्जीलिङ बजार आउने मानिसहरू दिउँसो भोकै नहोस् भन्ने सोच राखेर हामीले भोजन वितरणको कार्य गरेका हौँ”, यो सोशल सेलकी सीमा गुरुङले थपिन्, “यसै सोचका साथ हामीले पछिल्लो चार दिनदेखि लगातार भोजन वितरण गर्दै आएका हौँ। र यो कार्यलाई जारी राख्नेछौँ।”

उनका अनुसार यो सेलले शुरूमा  सेनिटाइजेशन कार्य गरिरहेको थियो। तर लकडाउनका लागि मानिसहरूले भोकको समस्या झेल्न परेपछि भोजन वितरणको कार्य शुरू गरेको हो।

“हामीले सेनिटाइनजेशन कार्य पनि चटक्कै छोड़िहालेका चै छैनौँ। बजारका भीड़भाड़ हुने ठाउँहरूमा सातामा दुईपटक सेनिटाइजेशन कार्य पनि गर्दै आइरहेका छौँ”, सीमा गुरुङले थपिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here