विमलपन्थी मोर्चाको पहलमा बैठक स्थगित भएको रोशन गिरीको दाबी

0
970

दार्जीलिङ, 1 अगस्तः आउँदो 7 अगस्तका दिन दिल्लीमा जीटीए विषयहरूलाई लिएर डाकिएको बैठक विमल गुरुङपन्थी गोजमुमोको पहलमा स्थगित भएको दाबी रोशन गिरीले गरेका छन्।

विमलपन्थी मोर्चाका महसचिव गिरीका अनुसार हिजो 31 जुलाईका दिन पार्टीका साङ्गठनिक सचिव निमा तामाङ, केन्द्रिय सदस्य लीला गुरुङ र दिल्ली प्रतिनिधि बिनु सुन्दास सम्मिलित एक प्रतिनिधि टोलीले भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग भेटवार्ता गरी 27 जुलाईका दिन गृहमन्त्रालयबाट प्रेषित पत्रले दार्जीलिङ पहाड़, तराई र डुवर्समा सृष्टि भएको अन्योलबारे अवगत गराउनका साथै उक्त पत्रप्रति आपत्ति पनि जनाएको थियो।

त्यसपछि भाजपा महासचिव यादवले मोर्चाको प्रतिनिधि टोलीअघि नै कार्य गर्दै यस विषयलाई लिएर  गृह मन्त्रालयसँग सम्पर्क गरेपछि जीटीएको समीक्षा भनेर तोकिएको बैठकलाई स्थगित गरिएको गिरीले बताएका छन्।

यसका साथै विमलपन्थी मोर्चाले भाजपा महासचिव भूपेन्द्र यादव तथा गृह मन्त्रालयलाई धन्यवाद दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here