बैठकको मिति होइन, एजेन्डा परिवर्तन गरियोस् : विनयपन्थी मोर्चा

0
993

दार्जीलिङ, 1 अगस्तः बैठकको मिति होइन तर एजेन्डा परिवर्तन हुनुपर्ने विनय तामाङपन्थी गोजमुमोले बताएको छ।

आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा विनय तामाङले लेखेका छन्, ‘जब गोर्खा जनमुक्ति मोर्चा विनय खेमाले बैठक गोर्खाल्याण्ड मुद्दामाथि मात्र हुनुपर्छ भनेर घोषणा गऱ्यो, तिनीहरूले बैठकको मिति नै परिवर्तन गरिदिए। हाम्रो माग बैठकको एजेन्डामा परिवर्तन ल्याउनु हो, तर बैठकको  मितिमा परिवर्तन होइन। यो हो भाजपाको असली चरित्र र अनुहार।’

अर्कोतिर, विनयपन्थी गोजमुमोका प्रवक्ता केशवराज पोखरेलले पनि बैठक वान् पोइन्ट एजेन्डा गोर्खाल्याण्डमाथि हुनुपर्ने माग गरेका छन्। साथै उनले बताएअनुसार बैठकको मिति होइन तर एजेन्डा परिवर्तन गरिनुपर्छ।

पोखरेलका अनुसार बैठकको मूल एजेन्डा गोर्खाल्याण्ड हुनुपर्छ, स्थायी राजनीतिक समाधान भनेको गोर्खाल्याण्ड हुनुपर्छ तथा बैठकमा पहाड़का सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, गैरराजनीतिक संस्थाका प्रतिनिधि तथा भारतभरि छरिएर बसेका अन्य भारतीय गोर्खाको प्रतिनिधि उपस्थित हुनु अनिवार्य हुनुपर्ने पार्टीको माग छ।

बैठक स्थगित गरिएको सम्बन्धमा पोखरेलले कटाक्ष गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here