टोक्यो, १ अगस्तः भारतकी स्टार ब्याडमिन्टन खेलाड़ी पी.भी. सिन्धुले टोक्यो ओलम्पिकमा कांस्य पदक जितेकी छन्।
महिला एकलअन्तर्गत आज खेलिएको कांस्य पदकको भिड़न्तमा उनले चीनकी बिङ जियाओलाई २१-१३ र २१-१५ को अन्तरले पराजित गरी कांस्य पदक जितेकी हुन्।
उल्लेखनीय छ, सिन्धुले रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन्।
यसका साथै उनी ओलम्पिक खेलमा दुई पदक जित्ने भारतकी पहिलो महिला खेलाड़ी पनि बनेकी छन्।