टीम इन्डियाका कप्तान विराट कोहली (फाइल फोटो)। |
मुम्बई, 1 सेप्टेम्बर : एशिया कपका शनिवार टीम इन्डियाको घोषणा गरिएको छ। महत्त्वपूर्ण कुरा के छ भने यसपटक एशिया कपमा टीम इन्डियालाई रोहित शर्माले नेतृत्व दिनेछन्। किनभने प्रमुख कप्तान विराट कोहलीलाई आराम दिइएको छ। यद्यपि खबरअनुसार विराटको कम्मरमा समस्या छ, त्यसैले चयनकर्ताले उनलाई आराम दिइएको हो। टीममा रोहित शर्मा (कप्तान), शिखर धवन (उप कप्तान), केएल राहुल, अम्बाती रायडु, मनीष पाण्डेय, केदार जाधव, एमएस धोनी (विकेट कीपर), दिनेश कार्तिक, हार्दिक पाण्ड्या, कुलदीप यादव, अक्षर पटेल, यजुवेन्द्र चहल, भुवेश्वर कुमार, जसप्रीत बुमराह, खलील अहमद र शार्दुल ठाकुर छन्।
स्मरणरहोस्, एशिया कपमा भारतको सामना चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग दुईपटक हुनसक्छ। यदि दुवै टीम फाइनलमा पुगे यो भिड़न्त तीनपटक पनि हुनसक्छ। कोहलीले कम्मरको समस्या जेझिरहेका छन्। आगामी तीन महिनामा भारतले 6 टेस्ट म्याच अझ खेल्नेछ, जसमा दुईवटा वेस्टइन्डिजसँग र चारवटा टेस्ट अस्ट्रेलियाविरुद्ध खेल्नेछ। यसैले पनि चयनकर्ताहरूले कोहलीलाई आराम दिएका छन्। खलील अहमदले पहिलोपटक टीम इन्डियामा स्थान पाएका छन्।