एक-दुईजनाले पार्टी छाड़्दैमा गोरामुमोलाई फरक पर्दैनः नीरज जिम्बा

0
1254
(फाइल फोटो)।

सिलगढ़ी, १ सेप्टेम्बरः अजय एड्वर्डले गोरामुमोबाट राजीनामा दिएपछि यो पार्टी छाड़्नेहरूका सङ्ख्या बाक्लिन थालेको छ। एकपछि अर्काले गोरामुमोबाट राजीनामा दिइरहेका छन्।

आज दार्जिलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष फुर्तेम्बा भोटिया र केही अन्यले गोरामुमो छाड़ेका छन्।

गोरामुमो छाड़्नेहरूमा गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाका पदाधिकारीहरू पनि छन्।

गोरामुमोमा चलिरहेको यो ‘राजीनामाको पैह्रो’-लाई गोरामुमो महासचिव नीरज जिम्बाले भने उस्तो महत्त्व दिएका छैनन्।

उनका अनुसार एक-दुईजनाले पार्टी छाड़्दैमा गोरामुमो सकिँदैन। किनभने गोरामुमो सुवासवादमा चल्ने पार्टी हो।

“पुराना पातहरू झर्छन्; नयाँ पह्लाउँछन्। रूखलाई केही फरक पर्दैन। आउँछन्-जान्छन्”, सिलगढ़ीमा पत्रकारहरूलाई सम्बोधन गर्दै जिम्बाले थपे, “२००७ मा विमल गुरुङले गोरामुमो सकियो भनेका थिए। तर, २०१७ मा उल्टै विमल गुरुङ सकिएको थियो। गोरामुमोले नै उनलाई बचाएको हो। गोरामुमो सोच हो। पार्टी मर्नसक्छ, तर सोच मर्दैन।”

नीरजले अजय एड्वर्डको राजीनामा राजीनामामाथि पनि तीखो प्रतिक्रिया गरेका छन्।

अजय एड्वर्डको बयानलाई उनले गोरामुमो र पार्टी अध्यक्षविरुद्ध दिएको बयान ठहर गर्दै ‘पार्टी र जातिका लागि गोरामुमोमा नरहेर केवल साथीका रूपमा रहेका यस्ता व्यक्तिलाई पार्टी राखेर पनि उस्तो फाइदा नरहेको’ बताए।

“गोरामुमो कहिल्यै डुब्दैन, लड़्दैन। जङ्गलमा एउटा रूख ढल्दा  केही आवाज गर्छ, केही हाँगाबिँगा हल्लिन्छन्”, उनले थपे, “यसभन्दा धेर फरक पर्दैन।”

अर्कोतिर, नयाँ गठन हुने राजनीतिक दलले पहाडको फाइदाका लागि कुनै कार्य गर्न नसक्ने पनि दावी गरे।

“यति हो, स्थायी राजनीतिक समाधान भएपछि पहाडको राजनीतिक समीकरण परिवर्तन हुनेछ”, नीरज जिम्बाले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here