जेएसटीओले बुझायो ११ बुँदे ज्ञापन, अवैध शिक्षक नियुक्तिको मुद्दा पनि उठान

0
1037

दार्जिलिङ, १ सेप्टेम्बरः जनमुक्ति सेकेन्डरी टिचर्स अर्गनाइजेसन (जेएसटीओ)-ले आज जीटीएका प्रमुख सचिवलगायत दार्जिलिङ र कालेबुङका जिल्लापाल र डीआईले ११ बुँदे ज्ञापन चढ़ाएको छ।

ज्ञापनमा विशेष रूपले अवैध शिक्षक नियुक्तिको मुद्दा पनि उठान गरेको छ।

यसका साथै जीटीए क्षेत्रका विद्यालयहरूमा ग्रुप ‘सी’ र ‘डी’ पदमा कर्मचारीहरूको स्थायीकरण, शिक्षा विभागका नियमानुसार विद्यालयहरूमा नयाँ प्रबन्धन समितिको गठन, अधिकांश विद्यालयमा अवैध रूपमा शिक्षक प्रभारी नियुक्तिलगायत अन्य माग समावेश गरिएको छ।

यति मात्र होइन, फरवरी २०२१ मा भएको टेट परीक्षाको परिमाण चाँड़ो निकाल्नुपर्ने तथा त्यसताक जीटीएमा रहेका प्रशासकहरूले टेट परीक्षामा उत्तीर्ण भएकाहरूलाई नियुक्ति दिनुपर्ने माग पनि जेएसटीओले गरेको छ।

यसैबिच, जेएसटीओका मुख्य संयोजक सन्तोष छेत्रीले जेएसटीओ अवैध शिक्षक नियुक्तिको विरोधमा रहेको जानकारी गराउँदै भने, “योग्य युवक-युवतीले काम पाउनुपर्ने पक्षमा हामी छौँ। गाउँ-घरमा पढ़े लेखेका धेरै भाइ बहिनी छन्। उनीहरूले योग्यता र दक्षताका आधारमा नियुक्ति पाउनुपर्छ।“

यसैगरी साँचो स्वयंसेवी शिक्षक-शिक्षिकाहरूले नियुक्ति पाएको हुनुपर्ने उनले बताए। “धेरै वर्षदेखि पढ़ाइरहेका स्वंयसेवी शिक्षकहरूले नियुक्ति पाउनुपर्छ भन्ने हाम्रो माग छ”, सन्तोष छेत्रीले भने, “अवैध शिक्षक नियुक्ति होइन।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here