गान्तोक, १ सेप्टेम्बर : हिजो राति परेको मुसलधारे पानीले सिक्किमका ठाउँ-ठाउँमा पैह्रो जाँदा धेरै क्षति पुऱ्याएको छ ।
पैह्रोकै कारण राष्ट्रिय राजमार्ग १० अन्तर्गत २० माइलमा हिजो मध्यराति यातायात ठप्प बनेको थियो ।
अर्कोतर्फ सिक्किमका विभिन्न ठाउँका मूल र वैकल्पिक सडकहरू पनि पैह्रोका कारण ठप्प बनेको जानकारी पाइएको छ ।
ठाउँ-ठाउँका पैह्रोले धेरै घरलाई जोखिम बढाएको छ । यातायात ठप्प भएका कारण मानिसहरूले यातायातमा धेरै कष्ट भोगिरेहका छन् ।
यसैबिच नाम्चीको डम्बु डाँडामा गएको पैह्रोले तीनवटा घरलाई क्षति पुऱ्याएको जानकारी पाइएको छ ।
पैह्रोले पुऱ्याएको क्षति हेर्नुस् फोटो फिचर्स