दार्जिलिङ, १ सेप्टेम्बरः जीटीए क्षेत्रका सरकारी विद्यालयहरूमा प्रबन्धन समितिको चुनाउ स्थगित गर्ने जीटीए शिक्षा विभागको निर्णयमाथि दार्जिलिङका सांसद राजु विष्टले कटाक्ष गर्दै यसलाई जीटीएको अवैध आदेशको संज्ञा दिएका छन्।
‘सयौँ योग्य, सक्षम उम्मेदवारहरूको भविष्यलाई लत्याएर, तिनीहरूले अयोग्य शिक्षकहरू नियुक्त गरे। अब तिनीहरूले सबै स्कूलमा प्रबन्धन समितिको चुनाउ रोकिरहेका छन्’, सांसदले प्रश्न गरेका छन्, ‘ks के यही हो तिनीहरूद्वारा व्यवस्था ठिक गरिनु भनिएको?’
विष्टले थप भनेका छन्, ‘सत्तामा हुनेहरूले बिर्सनु हुँदैन, आजका शिक्षित युवा अनि सचेत नागरिकहरूले अब कसैलाई पनि हाम्रा नानीहरूको शिक्षा अनि हाम्रो जातिको भविष्यसँग खेलवाड़ गर्न दिनेछैनन् । यो आदेश अवैध छ र यसलाई चुनौती दिइनेछ ।’