सिलगढ़ी, १ अक्टोबर : नेपालको भूमि भएर भारत छिरिरहेको दुई बङ्ग्लादेशी नागरिक पक्रा परेका छन्। सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले मङ्गलवार भारत-नेपाल सीमा पानीट्याङ्कीबाट ती दुई बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेका हुन्।
जानकारीका अनुसार यी दुवै बङ्ग्लादेशी नागरिकसँग कुनै वैध दस्तावेज थिएन। वैध कागज-पत्रबिना उनीहरू भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेका थिए। एसएसबी सूत्रका अनुसार पक्रा परेका बङ्ग्लादेशी नागरिकद्वयको नाम क्रमैले मोहम्मद बच्चुमियाँ (48) र मोहम्मद रफिकुल इस्लाम (37) हो। बच्चुमियाँ गाजीपुर तथा रफिकुल इस्लाम ढाकानिवासी रहेको बताइएको छ।
एसएसबीले थप केरकार र अनुसन्धानका लागि दुवै बङ्ग्लादेशी नागरिकलाई खोरीबारी पुलिस थानामा सुम्पिएको छ।
स्मरणरहोस्, केही दिनअघि पनि नेपालको भूमि भएर अवैध रूपले भारत छिरिरहेका दुई बङ्ग्लादेशी नागरिकलाई एसएसबीका जवानहरूले पानीट्याङ्कीबाट पक्राउ गरेका थिए। उनीहरूसँग पनि कुनै वैध दस्तावेज थिएन।