नगरपालिकामा दैनिक ज्यालामा काम गर्ने कर्मचारीहरूलाई स्थायीकरण गर्नुपर्ने गोजमुमोले माग”

0
852

दार्जिलिङ, १ अक्टोबरः गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ नगरपालिकामा दैनिक ज्यालामा काम गर्ने कर्मचारीहरूलाई स्थायीकरण गरिनुपर्ने माग दोहोऱ्याएको छ।

आज पार्टी महासचिव रोशन गिरी र युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ सम्मलित टोलीले राज्यकी शहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यसँग भेट गरी यस्तो माग दोहोऱ्याएको हो।

उल्लेखनीय छ, पछिल्लो जून महिनामा पनि मोर्चाको एक टोलीले मन्त्री भट्टाचार्यसँग भेट गरी दार्जिलिङ नगरपालिकामा दैनिक ज्यालामा काम गर्ने कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने माग गरेको थियो।

एक विज्ञप्तिमार्फत जानकारी गराएअनुसार ती कर्मचारीहरूका स्थायीकरणको प्रक्रिया शुरू गरिने मन्त्री चन्द्रिमा भट्टाचार्यले टोलीलाई आश्वासन दिएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here