अमित शाह बङ्गालबाट लोकसभा चुनाउ लड़्ने!

0
1161
भाजपा अध्यक्ष अमित शाह (फाइल फोटो)।

कोलकाता, 1 नोभेम्बर : आगामी वर्ष हुने लोकसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) -का राष्ट्रिय अमित शाह पश्चिम बङ्गालको कुनै एक सीटबाट चुनाउ लड़्ने सम्भावना छ। 

2019 को लोकसभा चुनाउमा भाजपाको दृष्टि पूर्वोत्तरका राज्यहरूमाथि छ। यसपटक भाजपाले पश्चिम बङ्गालमा आफ्नो सीट सङ्ख्या बढ़ाउने लक्ष्य राखेर अभियान शुरु गरिसकेको छ।
उत्तर र दक्षिण भारतमा आफ्नो सीट सङ्ख्या घट्ने आशङ्काबीच पूर्वोत्तरका राज्यहरूमा सीट सङ्ख्या बढ़ाएर सन्तुलन कायम राख्ने रणनीति भाजपाले बनाएको छ।
यसै रणनीतिअन्तर्गत् भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले बङ्गालमा कम्तीमा 22 सीट जित्ने लक्ष्य राखेका छन्। यसका लागि उनले बङ्गाल भाजपाका नेतृत्वहरूलाई यो लक्ष्यबारे स्पष्ट बताइसकेका छन्।
प्रदेश भाजपाको सूत्रका अनुसार यो लक्ष्य प्राप्तिका लागि अमित शाह बङ्गालका कुनै एक सीटबाट चुनाउ लड़न सक्छन्।
प्राप्त जानकारी अनुसार अमित शाह उत्तर कोलकाता, हावड़ा अथवा आसनसोलमध्ये कुनै एक सीट सीटबाट चुनाउ लड़नसक्छन्। अहिलेघरी राज्यमा तीव्र रूपमा भाजपाको जनाधार बढ़िरहेको छ।
आसनसोल एक सुरक्षित सीट हो, किनभने गायक बाबुल सुप्रियोले पहिलोपटक नै यहाँबाट भाजपाको टिकटमा सन् 2014 -को लोकसभा चुनाउ जितेका थिए। अहिले पनि आसनसोलमा बाबुल सुप्रियो र भाजपाको लोकप्रियता पहिलाको जस्तै छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here