पश्चिम सिक्किमको बुदाङमा प्रोफेसनल युनिभर्सिटीको स्थापना

0
988

गान्तोक, 1 नोभेम्बरः  मुख्यमन्त्री पीएस गोलेले शनिबार पश्चिम सिक्किमको बुदाङमा सिक्किम प्रोफेसनल युनिभर्सिटी (professional university)-को उद्घाटन गरी राज्यवासीलाई समर्पित गरेका छन्।

यसका साथै राज्यमा अझ एउटा विश्वविद्यालय थपिएको छ।

यो नयाँ विश्वविद्यालय सोरेङ-च्याखुङ समष्टिअन्तर्गत् सोरेङ बजारदेखि ९ किलोमिटर टाढ़ा दरमदिन-जोरथाङ रोडमा पर्दछ।

यस ठाउँमा पहिले इलम युनिभर्सिटी थियो।

UGC-को नियम पूरा गर्न नसकेपछि इलम युनिभर्सिटी बन्द भएको थियो भने यसको जमिन र अन्य पूर्वाधारलाई सरकारले अधिग्रहण गरेको थियो।

नयाँ खोलिएको यस सिक्किम प्रोफेसनल युनिभर्सिटी (professional university)- मा BTech,  MTech,  BSc (Agri),  MSc (Agri),  BSc,  MSc,  Biotechnology साथै कला विषयमा पनि अध्ययन गराइनेछ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सरकारले सिक्किमलाई शिक्षाको केन्द्रविन्दु बनाउने लक्ष्य राखेर कार्य गरिरहेको बताए।

साथै यस प्रोफेसनल युनिभर्सिटीको स्थापनालाई सिक्किमका लागि ठूलो उपलब्धि बताउँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको दावी गरे।

यस अवसरमा क्षेत्रविधायक आदित्य गोले, सिक्किम विधानसभाका डिप्टी स्पीकर साङ्गे लेप्चा, राज्यका मन्त्रीद्वय एमएन शेर्पा र लोकनाथ शर्मा, विधायक जीटी ढुङ्गेल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेकब खालिङलगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here