फ्रान्सपछि इङ्ग्ल्यान्डमा पनि लकडाउनको घोषणा

0
977

लन्डन, 1 नोभेम्बरः फ्रान्सपछि अब इङ्ग्ल्यान्डमा पनि एकमहिना लकडाउन हुनेछ। इङ्ल्यान्डका प्रधानमन्त्री बोरिस जनसनले देशमा चार साता लकडाउन गर्ने घोषणा गरेका छन्।

युरोपमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ़्न थालेपछि कतिपय देशले पुनः लकडाउनको घोषणा गरिसकेका छन्।

प्रधानमन्त्री जनसनका अनुसार कोरोना सङ्क्रमणको बढ़्दो खतरालाई ध्यानमा राखेर देशमा लकडाउन गर्ने निर्णय लिइएको हो।

लकडाउन चार साता अर्थात् आउँदो 5 नोभेम्बरदेखि 2 दिसम्बरसम्म हुनेछ।

लकडाउनअवधि पब, रेस्टुराँ, गैर आवश्यकीय पसलहरू र अन्य सुविधाहरूको सञ्चालन बन्द रहनेछ।

प्रधानमन्त्री जनसनको आधिकारिक ट्विटर अकाउन्टबाट एक भिडियो ट्वीट गरी देशवासीलाई घरभित्रै रहने अपील गरिएको छ।

भिडियोमा बताइएअनुसार 4 सातापछि परिस्थितिको समीक्षा गरी लकडाउन उठाउने या यसलाई जारी राख्नेबारे निर्णय गरिनेछ।

लकडाउनअवधि स्कूल र अन्य आवश्यकीय सेवा भने खुला रहनेछन्।

उल्लेखनीय छ, युरोपमा पुनः कोरोना भाइरसका मामिलामा वृद्धि हुनथालेको छ, जसको फलस्वरूप यसमाथि अङ्कुश लगाउनका लागि कतिपय देशले लकडाउन गर्न थालेका छन्।

यसभन्दा अघि बिहीबार फ्रान्समा चार साताव्यापी लकडाउनको घोषणा गरिएको थियो।

अर्कोतिर जर्मनीले पनि अघिबाटै आंशिक लकडाउनको घोषणा गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here