गान्तोक, 1 नोभेम्बरः सिक्किम सरकारको शिक्षा विभागले भोलि अर्थात् 2 नोभेम्बरदेखि छैटौं, सातौं र आठौं श्रेणीको कक्षा लगाइने निर्णयलाई केही समयसम्मका लागि स्थगित गरेको छ।
यसअघि 15 अक्टोबरमा विभागले एक परिपत्र जारी गरी क्रमैले 2 नोभेम्बरदेखि छैटौं, सातौं र आठौं अनि 23 नोभेम्बरदेखि तेस्रो, चौथो र पाँचौं श्रेणीसम्मको कक्षा लगाइने घोषणा गरेको थियो।
तर स्थितिलाई ध्यानमा राखेर विभागले आइतबार एउटा ताजा परिपत्र जारी गर्दै अघिल्लो परिपत्र जारी नभएसम्म उक्त निर्णय स्थगित गरेको जानकारी गराएको छ।
यद्यपि नवौंदेखि बाह्रौं श्रेणीसम्मको कक्षा भने स्वैच्छिक आधारमा चलिरहनेछ।