अब मणिपालमा पनि आरटीपीसीआर जाँच हुने

0
938

गान्तोक, 1 दिसम्बरः अब मणिपालमा पनि कोभिड-19 का लागि आरटीपीसीआर (RTPCR) जाँच आरम्भ हुने भएको छ।

यसका लागि सिक्किम मणिपाल विश्वविद्यालय अधीनस्थ सिक्किम मणिपाल इन्सटिट्युट अव् मेडिकल साइन्समा निर्माण गरिएको molecular laboratory-को राज्यपाल गङ्गा प्रसादले बुधवार उद्घाटन गर्नेछन्।

राज्यपाल गङ्गा प्रसाद सिक्किम विश्वविद्यालयका कुलपति पनि हुन्। भर्चुअल हुने यस उद्घाटन समारोह राज्यपालका साथमा सिक्किमका मुख्यमन्त्री पीएस गोले र स्वास्थ्य विभागका मन्त्री डा. एमके शर्मा विशेष अतिथिका रूपमा सहभागी बन्नेछन्। राष्ट्रिय चिकित्सा आयोगले सबै मेडिकल कलेजलाई virology lab स्थापना गर्ने सम्बन्धमा दिएको दिशा निर्देशनलाई ध्यानमा राखेर सिक्किम मणिपाल इन्सटिट्युट अफ् मेडिकल साइन्सको microbiology विभागले molecular laboratory स्थापना गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here