ममता आज सिलगढ़ी आउने, ३ जनवरीमा निकालिइने ऱ्यालीको रूट परिवर्तन

0
1095
ममता ब्यानर्जी (फोटो साभार-इन्टरनेट)।

सिलगढ़ी, १ जनवरीः नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-विरुद्ध आउँदो ३ जनवरीको दिन सिलगढ़ीमा निकालिइने ऱ्यालीको रूट परिवर्तन गरिएको छ।

जानकारीका अनुसार अब मुख्यमन्त्रीले सीएए र एनआरसीविरुद्ध सिलगढ़ीमा मल्लगढ़ीदेखि बाघजतिन पार्कसम्म पदयात्रा गर्नेछिन्।

यसभन्दा अघि तय रूटका अनुसार तीनबत्ती मोड़देखि वर्धमान रोड, हिलकार्ट हुँदै दार्जीलिङ मोड़सम्म पुग्ने बताइएको थियो।

तृणमूल दार्जीलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारका अनुसार मुख्यमन्त्री आज जनवरीको दिन सिलगढ़ी आउनेछिन्। उनी बाघडुग्राबाट सोझै उत्तरकन्या जानेछिन्।

जिल्ला अध्यक्ष सरकारका अनुसार ३ जनवरीको दिन तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढ़ीमा ऱ्याली र सभालाई सम्बोधन गर्नेछिन्।

उनले थप बताएअनुसार ऱ्याली १२ बजेदेखि मल्लगढ़ीबाट शुरु हुनेछ। यसभन्दा अघि मुख्यमन्त्रीले मल्लगढ़ीस्थित खुदीरामको मूर्तिनजिक एक सभालाई सम्बोधित गर्नेछिन्।

सीएए र एनआरसीविरुद्ध  निकालिइने यो ऱ्यालीमा दार्जीलिङ पहाड़, तराई, डुवर्स र जलपाइगढ़ी जिल्लाबाट लाखौंको सङ्ख्यामा तृणमूल कङ्ग्रेस कार्यकर्ता सामेल हुने रञ्जन सरकारले दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here