बेग्ला-बेग्लै दुर्घटनामा १२ जनाको मृत्यु, १२ वाहनमै झोसियो आगो

0
1359

कोलकाता, २ जनवरीः बुधवार राज्यका विभिन्न स्थानमा भएको वाहन दुर्घटनामा कुल १२ जना मानिसले आफ्नो ज्यान गुमाएका छन्।

त्यहीं आक्रोशित मानिसहरूले यति नै सङ्ख्याका वाहनमा आगो झोसेको जानकारी पाइएको छ।

जानकारीका अनुसार बर्धमानको गलसीमा एकै परिवारका पाँचजनाले अनाहकमा ज्यान गुमाएका छन्। अर्कोतिर उत्तर दिनाजपुर जिल्लामा भएको बेग्ला-बेग्लै वाहन दुर्घटनामा पाँजजनाको मृत्यु भएको छ। कोलकातामा दुईजनाको मृत्यु भएको जानकारी पाइएको छ।

गलसी थानाअन्तर्गत शिकारपुर गाउँमा दामोदर नदीबाट अवैध रूपमा बालुवा लिएर गइरहेको ट्रक बुधवार बिहान अँध्यारोमा एउटा घरमाथि पल्टिँदा उक्त घरका पाँचजना सदस्यको बीभत्स मृत्यु भएको छ।

त्यसबेला ती मानिसहरू गहिरो निद्रामा थिए। घटना प्रकाशमा आएपछि आक्रोशित बनेका आक्रोशित गाउँलेहरूले बालुवा माफियाहरूका पाँचवटा जेसीबी मशिन, डम्पर तथा उनका कार्यालयमा आगो झोसे। यो घटनापछि क्षेत्रमा उत्तेजना र तनाउ व्याप्त छ।

गाउँलेहरूको आक्रोश देखेर बालुवा माफिया भागेका छन्। पुलिसका अनुसार उक्त दुर्घटना बापी मण्डल, उनकी पत्नी दोलन मण्डल, छोरी नन्दिनी मण्डल, छोरा आबिर मण्डल, तथा सासु सुचित्रा मण्डल छन्।

नन्दिनीको उमेर केवल ८ वर्ष रहेको बताइएको छ। पाँचैजनाको मृत्यु घटनास्थलमा भएको हो। आक्रोशित मानिसहरूले बालुवाघाटमा रहेका ५ वटा जेसीबी मशिन, दुईवटा डम्पर, दुई ट्राक्टर, तीनवटा बाइक र बालुवा माफियाको कार्यालयमा आगो झोसे।

यसबारे धेरैपटक प्रशासनलाई सूचित गरे तापनि बालुवा माफियाहरूविरुद्ध कुनै कारबाही नगरेको गाउँलेहरूको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here