एसडीएफद्वारा नयाँ वर्ष पालन

0
976

गान्तोक, 2 जनवरीः    सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले शुक्रबार राजधानीमा नयाँ वर्ष पालन गर्‍यो।

पार्टीका वरिष्ठ उपाध्यक्ष गर्जमान (जीएम) गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व विधायक, पार्टी कार्यकर्ता, पञ्चायतगण आदिको उपस्थिति थियो।

पार्टी अध्यक्ष पवन चामलिङ विशेष कामले कार्यक्रममा उपस्थित हुन नपाएको पार्टीको प्रचार-प्रसार महासचिव कृष्ण खरेलले जानकारी दिए।

यस अवसरमा पार्टी अध्यक्ष चामलिङले पार्टी कार्यकर्ता, नेतृत्वगण र सम्पूर्ण सिक्किमेली जनतालाई शुभकामना सन्देश पठाएका थिए, जसलाई सभामा पठन गरेर सुनाइयो।

बैठकलाई सम्बोधन उपाध्यक्ष गर्जमान गुरुङले नीति, सिद्धान्त र पार्टी कहिल्यै समाप्त नहुने बताउँदै एसडीएफ पार्टी न्याय, समानता, प्रगति र समृद्धिका लागि सधैं सिक्किमे जनताको साथमा रहेर काम गर्ने बताए।

उनले यो नयाँ वर्ष पार्टी कार्यकर्ता सबैमा आपसी विश्वास, जिम्मेवारी बोध र जनसमर्पणको वर्ष भएर जाओस् भन्दै अस्त-व्यस्त राजनीतिक परिपाटीलाई पुनः सुख, शान्ति, प्रगति र भाइचाराको बाटोमा ल्याउन सशक्त भएर जनताको माझमा जाने वर्ष बनोस् भन्ने कामना गरे।

यस अवसरमा पार्टीले आफ्नो क्यालेण्डर पनि लोकार्पण गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here