साहित्यकार कमला राईको निधन

0
873

सिलगढी, २ जनवरीः मिरिकनिवासी साहित्यकार कमला राई (७४)-को निधन भएको छ।

पारिवारिक सूत्रका अनुसार उनको हिजो राति करिब ११ बजे सिलगढीको प्रधान नगरस्थित एक नर्सिङ होममा उपचाराधीन अवस्थामा निधन भएको हो।

जानकारीका अनुसार केही दिनअघि साहित्यकार कमला राईलाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसपछि उनलाई तत्कालै मतिगढाको एक नर्सिङ होममा भर्ती गरिको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रधान नगरस्थित एक नर्सिङ होममा सारिएको थियो।

त्यहाँ नै उपचाराधीन अवस्थामा साहित्यकार राईको हिजो राति निधन भएको हो।

१८ दिसम्बर १९४८ मा मिरिक सौरेनीमा जन्मेकी साहित्यकार कमला राईका समयका पाइलाहरू र शब्दहरूको एकान्तवास गरी दुईवटा कविता सङ्ग्रह प्रकाशित छन्।

कमला राई साहित्य भनेपछि मरिमेट्थिन्। आफूभन्दा अनुज साहित्यकारहरूलाई अत्यधिक माया गर्थिन्। उनी साहित्य सुनौँ मिरिकका अध्यक्षसमेत थिइन्।

उनको निधनले साहित्यकारहरूमाझ शोकको लहर छाएको छ। राईको निधनप्रति शोक व्यक्त गर्दै साहित्यकार प्रा. डा. कविता लामा भन्छिन्- “हामीले एकजना राम्रा कवयित्री मात्र गुमाएका छैनौँ, तर गुमाएका छौँ- एकजना साहित्यिक अभिभावक पनि। यो शून्यता हामी पछिसम्म महसुस गरिरहनेछौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here