बङ्गालका सबै शैक्षिक संस्थान भोलिदेखि पुनः बन्द

0
1167

कोलकाता, २ जनवरीः बङ्गालका सबै शैक्षिक संस्थान भोलि अर्थात ३ जनवरीदेखि बन्द राख्ने राज्य सरकारले घोषणा गरेको छ। 

राज्यमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेका कारण सरकारले सबै शैक्षिक संस्थान बन्द राख्ने घोषणा गरेको हो। यद्यपि शैक्षिक संस्थानहरूका प्रशासनिक कार्य भने ५० प्रतिशत कर्मचारीहरूका उपस्थितिबिच चल्नेछ।

शैक्षिक संस्थान मात्र होइन, स्विमिङ पुल, स्पा, जिम,  ब्युटी पार्लर, सेलुन, मनोरञ्जनात्मक पार्क, चिडियाघरलगायत पर्यटन केन्द्रहरू पूर्ण रूपमा बन्द रहनेछन्।

सपिङ मल र मार्केट कम्प्लेक्स राति १० बजेसम्म खुला रहनेछन् तर ५० प्रतिशत भन्दा बढी मानिसहरू प्रवेश गर्न पाउनेछैनन्।

रेस्टुरेन्ट र बार क्षमताको ५० प्रतिशत ग्राहकसहित राति १० बजेसम्म चलाउन सक्नेछन्।

त्यसैगरी सिनेमा हल र थिएटर ५० प्रतिशत मानिसहरू उपस्थिति रहनुपर्ने नियमलाई कठोरसँग पालन गरी राति १० बजेसम्म सञ्चालन गर्न सकिनेछ।

सरकारी र गैर सरकारी कार्यालयहरू ५० प्रतिशत कर्मचारीहरूका उपस्थितिमा खुला रहनेछन्।

सामाजिक, धार्मिक र सांस्कृतिक जमघटहरूमा मानिसहरूका उपस्थिति सङ्ख्या केवल ५० रहन पर्नेछ। यसभन्दा बढी मानिस उपस्थित हुन पाउने छैनन्।

सभा र सम्मेलन आदिमा २०० भन्दा बढी मानिस उपस्थित हुन पाउनेछैनन्। अथवा प्रेक्षागृहको क्षमताका ५० प्रतिशत मानिस मात्र उपस्थित हुन पाउनेछन्।

अन्त्येष्टि कार्य, अन्तिम संस्कार आदिमा २० भन्दा बढी मानिस उपस्थित हुन पाउनेछैनन्।

विवाहसम्बन्धी कार्यमा ५० प्रतिशत मानिस मात्र उपस्थित हुन पाउनेछन्।

लोकल ट्रेन क्षमताको ५० प्रतिशत यात्री बोकेर बेलुकी ७ बजेसम्म चल्नेछ।

मेट्रो सर्भिस क्षमताको ५० प्रतिशत यात्री बोकेर नियमित समयअनुसार चल्न पाउनेछ।

राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यु लाग्नेछ। यसअवधि मानिस र वाहनहरूका चलाचल पूर्ण रूपमा बन्द रहनेछ। केवल आपत्कालीन सेवालाई मात्र छुट दिइएको छ।

कोरोना सङ्क्रमणको बढ़्दो मामिला र ओमिक्रोन भेरिएन्टको जोखिमलाई ध्यानमा राखेर आज घोषणा गरिएको कोविड प्रतिबन्ध आउँदो १५ जनवरीसम्म लागु रहनेछ। यो प्रतिबन्ध भोलि अर्थात ३ जनवरीदेखि लागु हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here