हाइवे दुर्घटना अपडेट्सः वाहनसँगै दुइवटा शव निकालिइयो, थप तीनजनाको खोजीकार्य भोलि गरिने

0
1102

कालेबुङ, 2 फरवरीः आइतवार राति टिस्टा नदीमा खसेको डब्ल्यूबी 02 वाई 8565 नम्बरको अल्टो वाहन भेट्टाइएको छ।

साथै वाहनमा रहेका पाँचैजनाका शव पनि पाइएको छ। यद्यपि नदीबाट वाहन निकाल्ने क्रममा तीनवटा शव नदीमा खसेको र वाहनभित्र दुईवटा शव रहेको बताइएको छ।

वाहन र दुइवटा शवलाई नदीबाट बाहिर सड़कमा निकालिइएको छ। थप तीनजनालाई निकाल्न अब बाँकी छ। आज रात परेकाले खोजीकार्यलाई रोकिएको छ। भोलि पुनः बिहानैदेखि खोजीकार्य शुरू गरिनेछ।   

आज दोस्रो दिन टिस्टा रङ्गीत उद्धार केन्द्र, आपदा प्रबन्धन र एनडीआरएफको टिम खोजीकार्यमा जुटेको थियो।

अथक प्रयासपछि अपराह्न 2:30 बजी नदीको करिब 38 फिटमुनि वाहन भेट्टाइएको थियो।  

उल्लेखनीय छ, उल्लेखनीय छ, त्रिवेणीमा पिकनिक खेलेर गोरुबथानको अम्बियोक बस्ती सीताढुङ्गेतर्फ फर्किरहेको बेला गेल खोला र 29 माइलबीच डब्ल्यूबी 02 वाई 8565 नम्बरको अल्टो गाड़ी टिस्टा नदीमा खस्दा त्यस वाहनमा सवार पाँचजना बेपत्ता बनेका हुन्। बेपत्ता हुनेहरूमा अशोक राई (चालक), उत्तम राई, अनिशा राई, प्रयास शाह र देशकुमार राई (डल्लु) रहेका छन्।

हिजो पहिलो दिन टिस्टा रङ्गीत उद्धार केन्द्रको टिमले दिनभरि खोजीकार्य गरे तापनि टिस्टामा बेपत्ता बनेका वाहन र यात्रुहरू भेट्टाउन सकिएको थिएन।

त्यसैले आज दोस्रो दिन पनि बिहानै खोजी कार्य शुरू गरिएको थियो।

आज दोस्रो दिनको खोजी कार्यमा आपदा प्रबन्धन र एनडीआरएफको टिम पनि जुटेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here