पाकिस्तानमा अभिनन्दनलाई मानसिक यातना

0
1898
अभिनन्दन वर्तमान (फोटो सौजन्य : इन्टरनेट)

नयाँ दिल्ली, 2 मार्च : भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानमा मानसिक रूपमा प्रताड़ित गरिएको बताइएको छ।

शुक्रवार राति भारत फर्केका अभिनन्दन स्वयंले यस्तो जानकारी दिएका छन्। यद्यपि पाकिस्तानी अधिकारहरूले उनलाई शारीरिक रूपले प्रताड़ित गरेनन्। तथापि उनको शरीरमा केही चोट छ, जसको उपचार चलिरहेको छ। हाल दुरुह परिस्थिति झेलिरहेका पराक्रमी अभिनन्दनलाई शान्त बनाउने र यो परिस्थितिबाट माथि उकास्ने प्रक्रिया शुरु गरिएको छ।

 सूत्रका अनुसार लगभग 60 घण्टा पाकिस्तानको कब्जामा रहेका विङ्ग कामान्डर अभिनन्दनलाई  मानसिक यातना दिनु पनि संयुक्त राष्ट्रको जेनेभा सम्मेलनको उल्लङ्घन हो। सम्भवत: आगामी दिनमा भारत सरकारले यसविरुद्ध संयुक्त राष्ट्रमा उजुरी गर्नसक्छ।

शनिवार बिहान अभिनन्दनले आफ्नी  पत्नीसमेत परिवारका सबै सदस्यसँग भेट गरे। अधिकारीहरूका अनुसार अटारी-वाघा सीमाबाट शुक्रवार राति लगभग 12 बजे दिल्ली ल्याइएका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई तत्कालै वायुसेना केन्द्रिय मेडिकल प्रतिष्ठान (एएफसीएमई) लगियो।

यो प्रतिष्ठान सेनाका तीनवटै अङ्कका कर्मीहरूको मेडिकल जाँच केन्द्र हो। उक्त प्रतिष्ठानमा अहिले अभिनन्दनको विभिन्न चिकित्सा जाँच चलिरहेको छ। यो जाँच आइतवारसम्म सम्भावना छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here