गान्तोक, २ मार्चः राज्यका पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का अध्यक्ष पवन चामलिङ करिब तीन महिनापछि दिल्लीबाट सिक्किम फर्केका छन्।
आज उनी राज्य फर्केका हुन्। उनलाई स्वागत जनाउनका लागि बाक्लो सङ्ख्या एसडीएफ समर्थकहरू बाघडुग्रा हवाईअड्डामा पुगेका थिए। ती समर्थकहरूले चामलिङलाई भव्य स्वागत जनाए।
चामलिङले आउँदो ४ मार्चका दिन पार्टीको २९औँ स्थापनालाई दिवसका दिन पार्टी समर्थकहरूलाई सम्बोधन गर्नेछन्। यसपटक एसडीएफले पार्टी मुख्यालयमा विराट् रूपमा स्थापना दिवस मनाउने तयारी गरिरहेको छ।