केएन राईको अवस्था गम्भीर, दिल्ली रेफर

0
488

सिलगढी, २ मार्च : प्राणघातक हमलामा गम्भीर घाइते भएका केएन राईलाई सिलगढीको निओटिया नर्सिङ होमबाट दिल्ली रेफर गरिएको छ।

हिजो नाम्ची जिल्लाको मल्लीमा साङ्घातिक हमलाको शिकार बनेका राईको अवस्था सोचनीय बनेपछि दिल्ली रेफर गरिएको बताइएको छ।

राईको अनुहारका धेरै हड्डी भाँचिएका छन्।

एसडीएफ सूत्रका अनुहार दिल्लीबाट एयर एम्बुलेन्स मगाइएको छ।

साथै रेफरका तयारी चलिरहेको छ।

आज राईलाई हेर्न एसडीएफ अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री पवन चाम्लिङ, पूर्व लोकसभा सांसद पीडी राई, पूर्व मन्त्री डीडी भाेटियालगायत अन्य निओटिया नर्सिङ होम आएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here