कोरोनासँग लड़्न ममताले केन्द्रसँग मागिन् २५ हजार करोड़

0
1169
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, १ अप्रेलः कोरोना भाइरसविरुद्ध लड़्नका लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रसँग २५ हजार करोड़ रुपियाँको माग गरेकी छन्।

यस सम्बन्धमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पनि लेखेकी छन्।

यसका साथै उनले केन्द्रले राज्यलाई दिनुपर्ने ३६ हजार करोड़ बक्यौता राशि रहेको पनि बताइन्।

यो राशि पनि तत्कालै प्राप्त हुनुपर्ने ममताको माग छ, ताकि कोरोनासँग लड़्नका लागि सहयोग प्राप्त होस्।

उनले पत्रमा वर्तमान स्थितिमा राज्य सरकारले आफ्ना कर्मचारीहरूको वेतनदेखि लिएर सबै सामाजिक परियोजनाका खर्च आफै वहन गरिरहेको पनि बताएकी छन्। साथै कोरोनाको कारण राज्यको राजस्व ११००० करोड़ कम भएको उनले पत्रमा उल्लेख गरेकी छन्।

‘लकडाउनको कारणले अन्य राज्यहरूको जस्तै हामी पनि वित्तीय सङ्कटमा फँसेका छौं। राजस्व असुली बन्द भएको छ। राज्यमा कुनै कारोबार भएको छैन’, ममताले लेखेकी छन्, ‘यी समस्याहरूबीच सरकारी कर्मचारीहरूका लागि वेतन र पेन्शनको व्यवस्था गरिएको छ। अन्य राज्यहरूले जहाँ सरकारी कर्मचारीहरूको वेतन घटाइरहेका छन्, त्यहीं हामी अहिलेसम्म त्यस्तो गरेका छैनौं।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here