दार्जिलिङ, २ अप्रेलः इन्डिया गठबन्धनमा जोडिएपछि पार्टीभित्र अन्तर्विरोधको सामना गरिरहेको हाम्रो पार्टीलाई लोकसभा चुनाउको मुखैमा ठुलो झट्का लागेको छ।
आज एक महत्त्वपूर्ण राजनीतिक घटनाक्रमअनुसार हाम्रो पार्टीका ६ जना नगरपार्षद् भारतीय जनता पार्टीमा सामेल भएका छन्।
भाजपामा सामेल हुनेहरू नगरपार्षद्हरूमा पेमिला दोर्जी भोटिया (वार्ड नम्बर १६), प्रिया दीक्षित (वार्ड नम्बर ३०), सन्ध्या थापा (वार्ड नम्बर ११), सुजता शङ्कर (वार्ड नम्बर ९) सुषमा लामा (वार्ड नम्बर १२) र अरुणा राई (वार्ड नम्बर ६) छन्।
उनीहरू सबैलाई आज दार्जिलिङ संसदीय क्षेत्रका भाजपाका उम्मेदवार राजु विष्टले दलमा स्वागत गरे।
उल्लेखनीय छ, इन्डिया गठबन्धनमा जोडिएपछि अजय एड्वर्ड्स बिस्तारै एक्लिँदै गइरहेका छन्।
एकतिर, दलका कार्यकर्ताहरूले भटाभट राजीनामा दिनथालेका छन् भने अर्कोतिर आज दार्जिलिङ नगरपालिकाका यी 6 जना नगरपार्षद्ले हाम्रो पार्टी छाडेर भाजपामा सामेल भएका हुन्।