गीता पाण्डे
बलिउडका चर्चित नायिका प्रियङ्का चोपड़ाको करिअर मिस इन्डियाको कन्टेस्टबाटै शुरु भएको हो। यसैले यसवर्षको मिस इन्डियाको फाइनलमा पुगेका सुन्दरीहरूले आफ्नो प्रचार तस्वीरमा उन्मुक्त हाँसो लिएर उभिएका छन्।
आखिर मिस इन्डिया कन्टेस्ट जिन्दगी परिवर्तन गर्ने प्रतियोगिता हो, तर यी सुन्दरीहरूको एक सामूहिक तस्वीरलाई अहिले विवाद सिर्जना भएको छ। आलोचकहरू भन्छन्, ‘प्रतियोगिताका आयोजकहरूले गोरो वर्णलाई महत्त्व दिइरहेका छन्।’
‘द टाइम्स अव् इन्डिया’ अखबरमा प्रकाशित कोलाजमा तीसजना सुन्दर युवतीको अनुहार छन्। यो अखबर आयोजनकर्ता समूहकै हो।
यद्यपि एक ट्विटर युजरले यो कोलाजलाई पोस्ट गरी ‘यो तस्वीरमा गलत के छ?’ भनी प्रश्न गरेपछि तस्वीरले मानिसहरूको ध्यान आफूतिर तान्न शुरु गऱ्यो।
काँधमा झरेको चम्किलो केशराशि, गोरो वर्ण, जुन एकदमै समानजस्तो लाग्छ। यसैलाई लिएर केही मानिसहरूले प्रश्न गरेका छन्, ‘सबै एकैजस्ता देखिन्छ।’
‘यो एकै सुन्दरीका बेग्ला बेग्लै तस्वीर हुन्’, केहीले ठट्यौली गर्दै भनेका छन्।
आलोचकहरूको तर्क छ-‘यो तस्वीरमा केही गलत नभए तापनि सबैको एउटैजस्तो रङले एकपटक फेरि भारतीय गोरो वर्णलाई महत्त्व दिन्छन् भन्ने कुरालाई रेखाङ्कित गरेको छ।’
प्रतियोगिताकी ग्रुमिङ एक्सपर्ट शमिता सिंहले बीबीसीलाई बताएअनुसार असली तस्वीरहरूलाई ‘रीटच’ गरिएको छ, किनभने सबै प्रतियोगी ‘प्लास्टिकजस्तै’ देखिन्थे।
1990 को दशकपछि ब्युटी पिजेन्ट या सौन्दर्य प्रतियोगिता भारतमा एक ठूलो व्यापार बनिएको छ। भारतमा मिस इन्डिया कन्टेस्ट जितेपछि अत्यधिक चर्चा पाउनेहरूमा ऐश्वर्य राय, सुष्मिता सेन र प्रियङ्का चोपड़ा प्रमुख छन्।
मिस इन्डिया जित्ने धेरै सुन्दरीले बलिउडमा राम्रो नाम कमाएका छन्। यसै कारण युवतीहरूलाई मिस इन्डियाजस्ता ब्युटी कन्टेस्टमा भाग लिनका लागि तयार पार्ने देशभरि धेरै संस्थान खोलिएका छन्।
अहिलेसम्म मिस इन्डिया जतिजनाले पनि जितेका छन्, ती सबै सुन्दरी गोरी छन्, यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन।
गोरो वर्णलाई लिएर भारतीयहरूको पागलपन जग जाहिर छ। विशेषगरी महिलाहरूको मामिलामा। धेरै मानिसले गोरो वर्णलाई कालो वर्णभन्दा राम्रो मान्छन्।
कस्मेटिक बजारको खाँचो
गोरो वर्ण भएका युवतीहरूलाई विवाहको मामिलामा पनि प्राथमिकता दिनेगरिन्छ। यो एउटा स्वीकार्य सत्य नै हो।
1970 को दशकमा देशको बजारमा त्वचालाई गोरो बनाउने क्रिम फेयर एन्ड लभली आयो। अहिले त्वचाको रङलाई गोरो बनाउने कस्मेटिकहरूको बजार ठूलो छ। देशका शीर्षस्थ सिने कलाकारले यसको विज्ञापन गर्छन्। यस्ता क्रिम र जेलको विज्ञापनले त्वचाको रङलाई गोरो बनाउनका लागि मात्र होइन, तर जीवनमा राम्रो नोकरी, प्रेम या विवाहसम्मको वाचा गर्छ। यसैले यस्ता ब्युटी कन्टेस्टहरूमा गोरो त्वचालाई राम्रो मान्ने धारणालाई यसले अझ बलियो बनाउँछ।
सन् 2005 –मा गोरी केवल महिलाहरू मात्र होइन, पुरुषहरू गोरो वर्णको पनि हुनुपर्छ भन्ने कुराले कुनै रचानात्मक व्यक्तिको मनमा घर गरेपछि बजारमा आयो- पुरुषहरूलाई गोरो वर्णका बनाउने पहिलो क्रिम फेयर एन्ड ह्यान्डसम।
बलिउड सुपरस्टार शाहरुख खानले यसको विज्ञापन गरे। चाँड़ै यो क्रिमले ठूलो बजार पायो।
हालसालै डार्क इज ब्युटिफुल र #unfairandloverly अभियान शुरु गरियो, जसले रङलाई प्राथमिकता दिनेहरूमाथि प्रश्न उठाइएको थियो। तर, यो अभियानले पनि बजारमा गोरी/गोरो बनाउने बनाउने क्रिम र कस्मेटिकमा कुनै कमी आएन।
गोरो बनाउने दाबी गर्ने क्रिम र ब्लीच आदिको बजार भारतमा करोड़ौं रुपियाँको छ। मानिँदैछ, सन् 2023 सम्म महिलाहरूलाई गोरी बनाउने उत्पादहरूको बजार 5 हजार करोड़ रुपियाँ प्रतिवर्षसम्म पुग्नसक्छ।
यस्ता उत्पादहरूको पक्ष लिनेहरू भन्छन्, -‘गोरो वर्णको बनाउने उत्पाद मानिसहरूको आफ्नै रुचि हो। यदि स्त्री जातिले आफ्नो ओठ रातो बनाउनका लागि लिपस्टिक लगाउन सक्छन् भने गोरो वर्णका बन्नका लागि क्रिम या जेल किन लगाउन सक्दैनन्?’
यो भनाइ तर्कपूर्ण पनि लाग्छ। यद्यपि यसको विरोध गर्नेहरू भन्छन्-‘गोरो वर्णलाई प्रमुखता दिनु भनेको भेदभावलाई बढ़ावा दिनु हो। यस्ता उत्पादहरूले गोरो त्वचाको ‘श्रेष्ठता’-लाई थप बढ़ावा मिल्छ। र यसले कालो वर्णका मानिसहरूप्रति नकारात्मक धारणा थप बलियो बन्छ। यसको कारण कालो वर्णका मानिसहरूको आत्मविश्वासलाई पनि चोट पुग्छ।
गोरो-कालोको भेद
गोरो वर्ण बनाउने उत्पादहरूविरुद्ध अभियान चलाउनेहरू भन्छन्-‘कालो वर्णका मानिसहरूको निजी र प्रोफेशनल लाइफमा यसको असर पर्छ। धेरैपटक त यसले उनीहरूको सफलतालाई पनि प्रभावित गर्नेगर्छ।
यस्ता धेरै मोडल छन्, जो काली भएकै कारण काम पाउनमा समस्या झेल्न गर्छन्। बलिउडमा पनि कालो वर्णका यस्ता एकाध नायिका छन्, जो प्रमुख भूमिकामा रहेका छन्/या देखिन्छन्।
सन् 2014 –मा विज्ञापनकर्ताहरूको स्वनियामक सङ्गठन एड्भर्टाइजिङ स्टेन्डर्ड्स काउन्सिल अव् इन्डिया (एएससीआई) –ले केही दिशानिर्देश जारी गरेको थियो, जसमा कालो वर्णकाहरूलाई नराम्री/नराम्रे, असन्तुष्ट चिन्चित देखाउनमा रोक लगाइएको थियो। संस्थाले त्यसबेला भनेको थियो-‘विवाह, नोकरी या पदोन्नतिको मामिलामा पनि कालो वर्णकाहरूलाई अरुभन्दा कम नआँकियोस्।’
यद्यपि विज्ञापन अहिले पनि बनिरहेका छन्। यद्यपि अहिले पहिलाको तुलनामा अनुहार आधारित विज्ञापन केही कम्ती छ। चर्चित नायक-नायिका अहिले पनि यस्ता उत्पादहरूको विज्ञापन गर्छन्।
यसैबीच एउटा राहतपूर्ण खबर छापामा आएको छ। दक्षिण भारतीय अभिनेत्री साईं पल्लवीले दुई करोड़ रुपियाँको गोरो त्वचा बनाउने क्रिमको विज्ञापन गर्न अस्वीकार गरेकी छन्। यो कुरा उनी स्वयंले पुष्टि पनि गरेकी छन्।
उनी भन्छिन्, -‘यस्तो विज्ञापन गर्दा पाइने पैसा म के गर्नु? मेरो आवश्यकता ठूलो छैन। जुन धारणा हामीले तय गरेका छौं, त्यो गलत छ। म भन्न सक्छु। यो हाम्रो भारतीय वर्ण हो। हामी विदेशीहरूअघि पुगेर ‘तपाईंहरू किन गोरो वर्णको हुनुहुन्छ?’ भनेर सोध्न सक्दैनौं।’
‘त्यो (गोरो वर्ण) उनीहरूको रङ हो। यो (कालो वर्ण) हाम्रो रङ हो’, पल्लवी भन्छिन्।
टिप्पणीकारहरूले पल्लवीको टिप्पणीलाई ताजा हावाको झोक्का बताइरहेका छन्। विशेषगरी त्यसबेला जब उनलाई मिस इन्डिया कन्टेस्टको कोलाजको सन्दर्भमा हेरिँदैछ, जसमा पनि कन्टेस्ट सेतो पोतिएको देखिँदैछ।
–बीबीसीबाट