मिरिक, २ जूनः मिरिकका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। कोरोना सङ्क्रमण पाइएका ती ५० वर्षीय पुरुष मिरिकको टिङलिङस्थित लिम्बू गाउँनिवासी हुन्।
उनी हरियाणाबाट पछिल्लो ३० मईका दिन मिरिक फर्केका थिए। तर मिरिक आइपुग्दै उनको शरीरमा ज्वरो देखिएको थियो।
त्यसपछि उनलाई तत्कालै सिलगढ़ी कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पताल (दिसन अस्पातल)-मा रेफर गरिएको थियो। त्यहाँ उनको स्वाबको नमूना लिएर जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरीमा पाइएको थियो भने हिजो अबेर राति उनको स्वाब टेस्ट कोरोना पोजिटिभ आएको बताइएको छ।
मिरिक घर फर्किने क्रममा उनको सम्पर्कमा आएका अन्य चारजनाको पनि स्वाब टेस्ट गरिने बताइएको छ।