उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका चारजना चिकित्सक कोरोना सङ्क्रमित

0
1185

सिलगढ़ी, २ जूनः सिलगढ़ी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ़ेको छ।

सिलगढ़ी तथा यसका संलग्न क्षेत्रमा प्रतिदिन कोरोना भाइरसका नयाँ नयाँ मामिला प्रकाशमा आइरहेको छ।

यसै क्रममा आज उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका चारजना चिकित्सक कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

यी चारजना चिकित्सकमध्ये एकजना औषधि विभागका र अर्का प्रसुति विभागका चिकित्सक रहेको बताइएको छ।

जानकारीका अनुसार एकजना टेक्निसियन पनि कोरोना सङ्क्रमित रहेको बताइँदैछ।

उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको कोरोना सङ्क्रमित बिरामीकै सम्पर्कमा आएपछि यी चिकित्सकहरू पनि कोरोना सङ्क्रमित बनेको बताइँदैछ।

अर्कोतिर आजै कावाखालीस्थित दिसन अस्पतालमा उपचाराधीन प्रधाननगर थानाअन्तर्गत मल्लगढ़ीनिवासी व्यक्ति पनि  कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। यद्यपि कोरोना सङ्क्रमित यी व्यक्तिको भ्रमण वृतान्त पाइएको छैन।

यसभन्दा अघि हिजो सिलगढ़ी जिल्ला अस्पतालकी महिला मेडिकल टेक्निलजिस्टको शरीरमा पनि कोरोना सङ्क्रमण पाइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here