6 लेन सड़कको मागमा गौतम देवद्वारा धरना प्रदर्शन

0
1519
पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री गौतम देव।

सिलगढ़ी, 2 अगस्त : दार्जीलिङ मोड़मा लाग्ने गरेको ट्राफिक जामको समस्या समाधानका लागि मतिगढ़ास्थित सेन्ट जोसेफ स्कूलदेखि भक्ति नगरसम्म 6 लेन सड़कको निर्माण गर्नुपर्ने मागमा शुक्रवार राज्यका पर्यटन मन्त्री गौतम देव धरनामा बसे। मन्त्री देवसँग आज तृणमूल कङ्ग्रेसका स्थानीय कार्यकर्ताहरू पनि धरनामा बसेका थिए।

उल्लेखनीय छ, दार्जीलिङ मोड़मा  प्रतिदिन घण्टौंसम्म लाग्ने गरेको ट्राफिक जाम प्रशासनका लागि टाउको दुखाई तथा स्थानीय मानिसहरूका लागि गम्भीर समस्या बनेको छ। यो ट्राफिक समस्याको  मुद्दा क्षेत्रीयदेखि राष्ट्रियस्तरमा पुगिसकेको छ। साथै दार्जीलिङ मोडमा ट्राफिक समस्या समाधानका लागि फ्लाइओभरको निर्माण गरिनुपर्ने माग पनि चुलिएको छ।

यसैबीच धरनामा बसेका राज्यका मन्त्री गौतम देवले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “केन्द्र सरकारले यो बाटोलाई 6 लेनको बनाउने आश्वासन दिएको थियो, तर आज अचानक किन 4 लेनको बनाउँदैछ। ट्राफिक समस्याको समाधानका लागि 6 लेनको बाटो नै बनाइनुपर्छ।”

देवका अनुसार 6 लेनको बाटो बनाइएको खण्डमा मात्र दार्जीलिङ मोडको ट्राफिक समस्या सुल्झिनेछ। उनले यसका लागि केन्द्र सरकारलाई 15 दिनको समय सीमा दिएका छन्।

“केन्द्र सरकारलाई हामी 15 दिनको समय दिन्छौं। यदि यो सम्बन्धमा आगामी 15 अगस्तसम्म केन्द्र सरकारले राज्य सरकारसँग कुनै प्रकारको वार्ता गर्न तयार नभए, 15 अगस्तपछि 6 लेन सड़कको मागमा हामी दार्जीलिङ मोड़मा 24 घण्टाको अनशनमा बस्नेछ”, तृणमूल नेता एवं मन्त्री गौतम देवले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here