सिलगढ़ी, 2 अगस्त : फाँसीदेवा ब्लकअन्तर्गत विधान नगर पुलिसले शुक्रवार व्यापक परिमाणमा अवैध भूटानी मदिरासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा एक अभियान चलाएर विधान नगर पुलिसले उक्त अवैध मदिरासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ। बरामद गरिएको गरिएको मदिरा करिब पाँच लाख रुपियाँको रहेको पुलिस सूत्रले बताएको छ।
पुलिस सूत्रका अनुसार पक्रा परेका व्यक्तिद्वयको नाम विष्णु दास र वैधनाथ घिमिरे हो। विष्णु दास असम र वैधनाथ घिमिरे अलिपुरद्वारको मदारीहाट निवासी रहेको बताइएको छ।
जानकारीका अनुसार उक्त मदिरा भूटानबाट बिहारतर्फ लगिरहेको थियो। मदिरा तस्करीको धन्धामा अन्य मानिसहरूको सामेल हुनसक्ने पुलिसको शङ्का छ। यसैले पुलिसले जाँच शुरु गरेको छ।