कालेबुङ, २ अगस्तः पैह्रोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द भएको छ। कालीझोड़ानजिक सेतीझोड़ामा माथिबाट झरेको पैह्रो हाइवेमा थुप्रिएका कारण हिजो रातिदेखि यातायात बन्द भएको हो।
जानकारीका अनुसार सडकमा पैह्रो धेरै थुप्रिएका कारण यातायात पुनः सुचारू हुन केही समय लाग्नेछ। माथिबाट लड़ेर आएका ठूल्ठूला ढुङ्गाहरू सडकमा थुप्रिएका छन्। दुवैतर्फ गाड़ीहरूका लामो लस्कर लागेको छ।
बिहानैदेखि पैह्रो सोहोर्ने कार्य धमाधम भइरहेको छ।
अर्कोतिर सिक्किमबाट सिलगढ़ीतर्फ जाने वाहनहरूलाई दार्जीलिङको बाटो भएर पठाइरहेको टिस्टा थानाका एसआई भिमेश तामाङले जानकारी गराएका छन्।