टोक्यो ओलम्पिकः भारतीय महिला हकी टिम इतिहास रच्दै सेमिफाइनमा

0
1026

टोक्यो, २ अगस्तः भारतीय महिला हकी टिम इतिहास रच्दै टोक्यो ओलम्पिकको सेमिफाइनलमा प्रवेश गरेको छ।

तीनपटकको ओलम्पिक च्याम्पियन अस्ट्रेलियालाई १-० को गोलअन्तरले पराजित गरी भारतीय महिला हकी टिम पहिलोपटक ओलम्पिक खेलमा सेमिफाइनलमा पुगेको हो।

भारतका लागि एक मात्र गोल गुरजीत कौरले गरिन्। उनले खेलको २२औँ मिनटमा पेनल्टी कर्नरमा गोल गरेकी हुन्।

अब सेमिफाइनलमा भारतीय हकी टिमको भिडन्त अर्जेन्टिनासँग हुनेछ। यो खेल आउँदो ४ अगस्तका दिन हुनेछ।

अर्जेन्टिनाले जर्मनीलाई ३-० को गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो।

उल्लेखनीय छ, रियो ओलम्पिकमा भारतीय महिला हकी टिमले निराशाजनक  प्रदर्शन गरी १२औँ स्थानमा रहेको थियो।

यो जीतसँगै भारतीय हकीको ‘स्वर्ण काल’ फर्किरहेको छ। शनिबार मात्र भारतीय पुरुष हकी टिमले ग्रेट ब्रिटेनलाई ३-१ को गोलअन्तरले पराजित गरी ४९ वर्षपछि ओलम्पिकको सेमिफाइनलमा पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here