समान वेतनको मागमा नर्सहरूको विरोध प्रदर्शन

0
911

मिरिक, २ अगस्तः मिरिक स्वास्थ्य केन्द्रका नर्सहरूले समान कार्यका लागि उचित वेतन पाउनुपर्ने मागमा आज (सोमबार) स्वास्थ्य केन्द्रको परिसरमा प्ला-कार्ड बोकेर विरोध प्रदर्शन गरे।

राज्यव्यापी रूपमै एसएसकेएमद्वारा सही वेतनको मागमा विरोध प्रदर्शन भइरहेको छ भने सोही समर्थनमा आज मिरिक स्वास्थ्य केन्द्रका नर्सहरूले पनि विरोध प्रदर्शन गरेका हुन्।

यसअवसरमा मिरिक स्वास्थ्य केन्द्रकी सिनियर पीएचएन ग्लोरिया राईले आफ्नो योग्यता अनुसार कर्मचारीहरूले वेतन पाउनुपर्ने बताइन्।

हाल कोरोना सङ्क्रमणका कारण सामान्य रूपमा विरोध प्रदर्शन गरेको बताउँदै यदि यो माग पूरा नभए आगामी दिनमा व्यापक रूपमा आगामी दिनमा व्यापक रूपमा‌ नै प्रदर्शन गर्ने पनि उनले बताइन्।

समान रूपमा कार्य गरिरहेका भए पनि शैक्षिक योग्यता अनुसार तोकिएको वेतन छ किन प्रदान गरिँदैन भन्ने प्रश्न गर्दै आफ्नो अधिकारका लागि जुनै सरकारी दैलो पनि ढकढकाउने पनि राईले थप बताइन्।

यसैगरी पीएचएन चन्द्रमाया थामीले आज एसएसकेएमद्वारा गरिएको  राज्यव्यापी प्रदर्शनको आठौँ दिन रहेको जानकारी गराउँदै कोविडका कारण समग्रमा विरोध प्रदर्शन गर्न नसकिरहेको तर माग पूरा नभएमा आउँदो दिनमा थप कदम पनि उठाउन पछि नहट्ने बताइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here