भवन तथा आवास विभागका मन्त्री डीटी लेप्चा (फाइल फोटो) |
गान्तोक, 2 सेप्टेम्बर : सिक्किम सरकारको पर्यटन विकासमा एउटा निर्माणाधीन महत्त्वपूर्ण परियोजना ‘चेरेजी पार्क’-को आगामी 8 अक्टोबरको दिन उद्घाटन हुने राज्यका भवन तथा आवास विभागका मन्त्री डीटी लेप्चाले जानकारी दिएका छन्। भवन तथा आवास विभागले निर्माण गरेको यो महत्त्वाकांक्षी परियोजनाको उद्घाटन मुख्यमन्त्री पवन चामलिङ र बौद्ध धर्मका धर्मगुरुहरूका बाहुलीबाट गरिने उनले जानकारी दिए। यसैक्रममा आगामी 6 सेप्टेम्बरको दिन मन्त्री लेप्चाले पेलिङमा निर्माणाधीन चेरेजी पार्कको निरीक्षण भ्रमण गर्नेछन्। राज्य सरकारका सबै विभागीय प्रमुखहरूलाई लिएर निरीक्षण भ्रमण गर्ने र उद्घाटन सत्रको निम्ति तयारी शुरु गरिने पनि मन्त्री लेप्चाले बताएका छन्।